
विराटनगर, ११ मंसिर । लैंगिक हिंसाविरुद्धकी अभियान्ता स्वेता श्रेष्ठलाई विराटनगर आइपुगेकी छन् । मेची–महाकाली साइकल यात्रामा निस्किएकी लैंगिक हिंसाविरुद्धकी अभियन्ता श्वेता बिहीबार विराटनगर आइपुगेकी हुन् ।
‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र सबैको ऐक्यवद्दता’ भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापी रूपमा मनाइरहेको “लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ को क्रममा विराटनगर आइपुगेकी उनलाई जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले अभिनन्दन तथा शुभकामना प्रदान गरेका थिए ।
मेची–महाकाली साईकल यात्रामा निस्किएकी झापा भद्रपुर निवासी लैंगिक हिंसाविरूद्धकी अभियान्ता श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा खड्काले अभिनन्दन गरेका थिए ।