२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दुहबी, १५ मंसिर । सुनसरीको दुहवी नगरपालिका-२ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । यही मंसिर १० गतेदेखि हराईरहेका बालकको खोजतलास गर्ने क्रममा आज बिहान ५ बजे दुहवी नगरपालिका- २ मा रहेको अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गाको घारीमा चौधरीको शव फेला पारिएको हो ।

बालक हराएको भनी ईलाका प्रहरी कार्यालय दुहवीमा यही मंसिर ११ गते जाहेरी पर्नासाथ हुलिया परिपत्रसमेत गरी खोजतलास तथा घटनाको बारेमा अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेको आशंकामा दुहवी नगरपालिका-२ का २० बर्षीय सुमन झालाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिईएका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई आफुले कर्तव्य गरी मारेको र शवलाई घारीमा फालेको भन्ने बयान दिएसंगै घटनास्थलमा पुगेको प्रहरी टोलीले चौधरीलाई मृत फेला पारेको हो ।

बालकको शव फेला परे संगै थप अनुसन्धान भईरहेको र घटनामा संग्लग्न रहेको आशंकामा अन्य २ जनालाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै मृतक चौधरीको शव परिक्षणको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको उक्त कार्यालयले जनाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानले अपहरण हुन सक्ने आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!