२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पाँचथर, १५ मंसिर । पाँचथरको कुम्मायक गाउँपालिकाले १५ शैय्याको अस्पताल शिलान्यास गरेको छ । गाउँपालिकाले सोमबार १५ शैय्याको आधारभूत अस्पताल शिलान्यास गरेको हो ।

भवनको शिलान्यास सोमबार संविधान सभा सदस्य अइन्द्रसुन्दर नेम्बाङले गरेका थिए । शिलान्यासपछि बोल्दै नेम्बाङले अब अस्पताल बनेपछि यस क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा लिन सहज हुने विश्वास ब्यक्त गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले यसै वर्षबाट टेन्डर निकालेर काम थालिने र यस वर्ष १ करोड रुपैयाँ रकम विनियोजन भएको बताए ।

संघीय सरकारको स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सोमबार एकैसाथ ३०९ स्थानीय तहमा अस्पताल भवन र तीन वटा प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास भएको हो ।

स्वास्थ्य तथा जनसड्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तहमध्ये ३०९ वटा र तीन वटा प्रदेशमा सरुवा अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरेको हो ।

यही कात्तिक २ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालबीच भएको बैठकले आज एकैसाथ जग्गा प्राप्त भएका स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!