२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १८ मंसिर । च्याम्पियन्स लिगमा समूह ‘जी’का बार्सिलोना र युभेन्टसले नै सहज जित निकालेका छन् । बुधबार राति समूह चरणको पाँचौं खेलमा बार्सिलोनाले हंगेरियन क्लब एफटीसी तथा युभेन्टसले युक्रेनी क्लब डायनामो किभमाथि सहज जित निकालेका हुन् ।

युभेन्टसको मैदानमा घरेलु टोलीलाई जिताउन क्रिस्टियानो रोनाल्डो, फेडेरिको चिसा र अल्भारो मोरोटोले समान एक–एक गोल गरे ।

जितसँगै युभेन्टससँग १२ अंक जोडेको छ । ऊ समूह ‘जी’को दोस्रो स्थानमा छ । सो समूहबाट बार्सिलोना र युभेन्टसले नकआउट चरणमा स्थान बनाइसकेका छन् ।

बुधबार राति नै बार्सिलोनाले एफटीसीमाथि ३–० गोलको जित निकालेको हो । फेरेन्सभारोसको मैदानमा बार्सिलोनालाई जिताउन एन्टोइन गिूजम्यान, मार्टिन ब्रेगवेट र ओसमान डेम्बेले समान एक–एक गोल गरे ।

जितसँगै समूह ‘जी’को बार्सिलोनाले लगातार पाँचौं जित निकालेको छ । शीर्ष स्थानमा रहेको उसले १५ अंक जोडेको छ । पराजित फेरेन्सभारोस भने एक अंकका साथ पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!