२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १८ मंसिर । च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजसी)ले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध जित निकालेको छ । गए राति पीएसजीले युनाइटेडलाई ३–१ गोलले हराएको हो ।

ओल्ड ट्राफोर्डमा पीएसजीलाई जिताउन नेमारले दुई गोल गरे भने मार्कुइन्होसले एक गोल गरे । युनाइटेडका मार्कुस राष्फोर्डले एक गोल गरे ।

नेमारले खेलको छैटौं मिनेटमा गोल गरेपछि पीएसजीले सुरुआती अग्रता बनाएको थियो । ३२औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई बराबरीमा फर्काए ।

खेलको ६९औं मिनेटमा मार्कुइन्होसले गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए ।

७०औं मिनेटमा घरेलु टोलीका फ्रेडले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित बनेको थियो ।

खेलको इन्ज्युरी समयमा नेमारले थप एक गोल गरेपछि पीएसजीले ३–१ गोलको जित निकाल्यो ।

जितसँगै पीएसजी समूह ‘एच’को शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीले पाँच खेलबाट ९ अंक बनाएको छ । युनाइटेडसँग बराबरी अंक भए पनि ऊ गोलान्तरको आधारमा अगाडि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!