२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १९ मंसिर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई उपचारका लागि काठमाडाैं लगिएकाे छ । कोरोना भाइरस सङ्क्रमण भई अक्सिजनको कमीका कारण शुक्रबार अपराह्न थप उपचारका लागि उनलाई हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।

प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएको हो ।

प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमण पुष्टि भएकाे थियो । उनका प्रेस सल्लाहकार खेमराज अधिकारीका अनुसार संक्रमित भएर अधिकारी विराटनगरस्थित निवासमा बसेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!