
विराटनगर, २१ मंसिर । विराटनगरको सिमावर्ती क्षेत्र जोगबनी नाका खोल्ने तयारी सुरु गरिएको छ । कोरोना महामारीका कारण चैत्र ११ गते देखि बन्द रहेको सो नाका पौष १ गतेदेखि खोल्नेगरी तयारी सुरु गरिएकाे हो ।
सरकारले मंसिर ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गरेका कारण जोगबनी नाका बन्द रहेको छ । तर, भारतले भने एकतर्फी रुपमा नेपालतर्फको सीमा खोलेको छ । स्थानीयहरुले खुला सीमाको फाइदा उठाउँदै नाका छेउछाउबाट आवत-जावत गर्दै आएपछि सिीमा नियन्त्रणमा समस्या हुँदै आएको छ ।
विराटनगर महानगरपालिकाले हेल्थ डेस्क राख्ने
सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गर्न लागिएको छ । यसका लागि विश्व स्वास्थ्य संगठनको सहयोगमा विराटनगर महानगरपालिकाले सीमा क्षेत्रमा हेल्थ डेस्क सञ्चालन गर्ने तयारी गरेको हो ।
हेल्थ डेस्कमा नेपाल-भारत आवतजावत गर्नेको तथ्यांक राख्नुका साथै स्वास्थ्य चेकजाँच गरिने बताइएको छ ।