२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २१ मंसिर । कोरोना सङ्क्रमितको उपचारका लागि सुविधासम्पन्न ‘नागरिक केयर सेन्टर’ निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ ।

प्रदेश नं १ सरकार, विराटनगर महानगरपालिका र नागरिक समाजको संयुक्त पहलमा कोशी कोभिड–१९ उपचार केन्द्र विराटनगरको परिसरमा निर्माण शुरु गरिएको थियो ।

सङ्क्रमितलाई उपचार गर्न १०८ बेडको एचडिओ र अक्सिजनसहितको सेन्टर (अस्पताल) आगामी १० दिन भित्र सञ्चालनमा आउने भएको हो ।

प्रदेश सरकार, विराटनगर महानगरपालिका र नागरिक समाजको रु तीन करोड लगानीमा सो सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो ।

सुविधा सम्पन्न एचडिओ, अक्सिजन र एयरकण्डिशनसहित १०८ बेडको सेन्टर निर्माण केही दिनभित्र सम्पन्न भई प्रदेश सरकारलाई हस्तान्तण गरिने नागरिक समाजका संयोजक एवं मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष पवन सारडाले जानकारी दिए ।

लक्षणसहितका कोरोना सङ्क्रमितलाई उपचारका लागि सेन्टरमा राखिने छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र नागरिक समाजका प्रतिनिधिले आज सेन्टरको अनुगमन गरे ।

केन्द्रीय सदस्य कोइरालाले पाखुरामा कोरोना विरुद्धको खोप दुई पटक नलगाएसम्म कोराना महामारी अन्त्य नहुने बताउँदै अस्पतालमा उपचार पूर्व सेन्टरमा सङ्क्रमितको उपचारमा सहज पुग्ने बताए ।

उनले निजी क्षेत्रले बनाएको सेन्टर सञ्चालनमा सरकारले आवश्यक स्वास्थ्य जनशक्ति उपलब्ध गराई सञ्चालन गर्नुपर्ने जिम्मेवारी रहेको धारणा राख्दै सरकारले कोरोना खोप चाँडोभन्दा चाँडो ल्याई अग्रपङ्तिमा खट्ने स्वास्थ्यकर्मीलगायत अन्य लगाउनु आग्रह गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले नागरिकको अक्सिजनको अभावका कारण अकाल मृत्यु न्यूनीकरण गर्न सहयोग पुर्याउने नागरिक समाजको पहलमा निर्माण भएको सेन्टरबाट गरिब विपन्न वर्गको उपचारमा सहज पहुँच पुग्ने बताए ।

नेता कोइरालाको परिचालनबाट निजी क्षेत्रलगायतका प्रदेश सरकारले जनतालाई सहज उपचार पु¥याउन सेन्टरमा स्थापना गर्न सकिएको धारणा राखे ।

नागरिक समाजका अर्थ संयोजक एवं मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष महेश जाजुले जनताको उपचारका लागि स्थापित सेन्टर निर्माणका लागि स्वफूर्त रुपमा सबैबाट सहयोग प्राप्त भएको र अर्थ सङ्कलनमा कुनै समस्या नहुनुका साथै थप सहयोग आउने क्रम जारी रहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!