२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाै, २६ मंसिर । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले कोरोना सङ्क्रमणको दोस्रो लहरको सम्भावना टरिनसकेको जनाएकाे छ । मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले ‘कोरोना संक्रमितको दर कम हुँदै जानु भनेको सकारात्मक भए पनि कोरोनाको दोस्रो लहरको सम्भावना टरिनसकेको बताएका हुन् ।

‘नेपाल सरकारले लक्षण देखिएका व्यक्तिको पिसिआर टेष्ट नियमित गरिरहेको छ । त्यसको संख्याभन्दा पनि चेकजाँच गर्न आउनु भएकाहरुको प्रतिशतको आधारलाई हेर्दा कोरोनाको जोखिम केही कम भएको जस्तो देखिए पनि यसले दोस्रो लहरमा देखिन सक्ने कोरोनाको लहरलाई भने रोकेको छैन’ अधिकारीले भने ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशै तिहारमा मान्छेहरुको अत्यधिक आवतजावत हुने भएकाले संक्रमणको दर बढ्ने अनुमान गरेको थियो । सोही अनुसार संक्रमणको दर बढेको पनि थियो त्यसलाई आधार मान्ने हो भने अझै पनि सतर्कता नअपनाउने र खोप आउने समयसम्म स्वास्थ्य सुरक्षामा ध्यान नदिने हो भने नेपालले अहिलेको भन्दा पनि ठूलो क्षति व्यहोर्न सक्ने उनले स्पष्ट पारे ।

‘नेपाल सरकारले अझै पनि जोखिम कायम भएकाले व्यक्तिगत सुरक्षा, मास्ककाे प्रयोग, सार्वजनिकस्थलमा सुरक्षा विधिको प्रयोग गर्न भनिरहेको छ त्यसमा हामीले ध्यान दिनै र्छ’ संक्रमण कम देखिएको कारणले जोखिम घट्यो भन्ने बेला नभएको उनले बताए ।

काठमाडौं उपत्यका तथा नेपालका प्रमुख शहरहरुमा रहेका अस्पतालमा रहेका जनरल बेडहरुमा संक्रमितको सख्या कम हुँदै गएको र आइसियु तथा भेन्टिलेटरमा राखेर बिरामीको उपचार गर्न समेत पहिलाको भन्दा प्रेसर निक्कै कम परेको डा. अधिकारीले भने ।

धेरै संक्रमितहरु होम आइसोलेशनमा बस्नुभएको, समुदायले सञ्चालन गरेको आइसोलेशनमा समेत बस्नेहरुको संख्या धेरै रहेकाले पनि अस्पतालमा चाप कम भएको छ । अर्काेतिर सरकारले समेत आइसीयु र भेन्टिलेटरको संख्या बढाएकाले संक्रमितको उपचारमा चाप कम भएको हुनसक्ने डा.अधिकारीले भने ।

देशका प्रमुख शहरहरुमा रहेका अस्पतालमा आइसीयु तथा भेन्टिलेटर बढाउने सामुदायिक आइसोलेशन प्रभावकारी बनाउने कार्यमा सरकारी संयन्त्रको भुमिका सकारात्मक भएको कारणले पनि अहिले नेपालभरका संक्रमितको उपचार तथा परामर्शमा सजिलो भएको उनले बताए ।

नेपालीहरुको प्रतिरक्षा क्षमता बलियो हुनु, नेपालमा कोरोना फैलाउने संरचनाको कमी हुनु, क्षयरोगबाट बच्न बिसिजी खोप लगाउनु, नेपालीहरुको जीवनशैलीको कारणले समेत संक्रमण फैलिने दर कम भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!