२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

तनहुँ, २ पुस । व्यास नगरपालिका–१ गल्वुवेशीका कृषक रामनाथ मिश्रकोमा मह किन्न ग्राहक घरमा नै आउने गरेका छन् । बजारमा चिनी मिसाएर मह बेच्ने क्रम बढेकाले असली मह किन्न ग्राहक घरमा नै आउने गरेको कृषक मिश्रले बताए ।

‘मानाको एक हजारमा ३५० माना मह घरैबाट ग्राहकले किनेर लगे । यो वर्ष तीन लाख ५० हजार रुपियाँको मह विक्री भईसकेको छ.’ कृषक मिश्रले जानकारी दिए ।

मिश्रले ६० घार सेरेना जातका मौरी पालेका छन् । त्यस मौरीबाट छुट्टाएर ५० घार मौरी र मह बेचेर वार्षिक सात लाख रुपियाँ मुनाफा भएको कृषक मिश्रले जानकारी दिए । घरमै आएर ग्राहकले लाने क्रम बढेसँग तीन घारबाट शुरु गरेर ६० पुर्याएको उनले बताए ।

‘धेरै जसो स्थायी ग्राहक छन् महको माग पुर्याउन नसकेर एकसय वटा घार बनाउने गरी योजना बनाईसकेको छु,’ मिश्रले भने । ‘मह बेच्न कतै जानु परेको छैन घरैबाट विक्री भएकोले विस्तार गरिरहेको छु’ मिश्रले थपे ।

घरको छतमा र एक रोपनीमा क्षेत्रफलमा मिश्रले मौरी पालन गरेका छन् । कृषक मिश्रले पाँच वर्ष अघिदेखि श्रीकृष्ण मौरी फार्म सञ्चालनमा ल्याउनु भएको हो । सिशाको गिलासमा पानी राख्ने र असली महको थोपा चुहाउँदा फेदमा पुग्ने र नक्कली मह भने तैरिने मिश्रले जानकारी दिए ।

नेपाली युवाले विदेशमा मोबाईलमा बौल्न पनि राम्रोसँग फुर्सद नहुने गरेर काम गर्ने गरेको सोही अनुसारको नेपालमा पसिना बगाउने हो भने आम्दानी लिन सकिने मिश्रको भनाइ छ । ‘जे गर्दा पनि हुन्छ हरेश खान भएन निरन्तरता दिनु पर्छ सफलता हात लाग्छ’ मिश्रले भने,  ‘शुरुका दिनमा मौरी पाल्ने तरिकाको ज्ञान नहुँदा घार खाली भए म निराश नभई सिक्दै गएँ अहिले सफलता मिलेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!