२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ७ पुस । खोरमा पालिएका कुखुराहरुलाई रोग सार्ने विभिन्न कारण र माध्यमहरु हुन्छन् । कुखुरापालक किसानहरुले यी कारणहरुका सम्बन्धमा जानकारी राख्नु आवश्यक हुन्छ ।

जस्तैः व्यवस्थापकिय कारण, वातावरणीय कारण, जीवाणु र विषाणुका कारण, ढुसी, परजीवी र प्रोटोजोवाका कारण लगायत मान्छेका विभिन्न क्रियाकलापले समेत कुखुरामा रोग सार्ने भएकाले यसतर्फ सतर्कता अपनाउन जरुरी हुन्छ ।

असुरक्षित वातावरण र मान्छेको क्रियाकलापलाई ध्यान दिएर काम गर्नुपर्छ ।सुरक्षित कुखुरापालन र असल व्यवस्थापनका लागि निम्न कारणहरुलाई ध्यानदिनु जरुरी हुन्छ । निम्न कारण र माध्यमबाट कुखुरामा रोगसर्ने सम्भावना भएकाले किसानहरुले सतर्कता अपनाउनु जरुरी हुन्छ ।

  • खोरको राम्रोसँग सरसफाइ र निसंक्रमण नगरी पुनः चल्ला राखेमा।
  • बेचबिखनका लागि बाहिरबाट ल्याएका कुखुरा खोरकै नजिक राखेमा।
  • रोग लागेका कुखुराको खोरबाट नलागेको खोरमा मानिसको आवतजावत हुनाले।
  • कुखुरा बोक्ने साधन गाडी, अटोरिक्सा, साइकल तथा कुखुरा नाप्ने काँटा, तराजु लगायत बस्तुहरुबाट।
  • कुखुरा काट्ने व्यवसायी सिधै खोरभित्र छिरेमा।
  • अण्डाको पुराना क्रेटहरु बारम्बार प्रयोग गरेमा।
  • बाहिरबाट लगाएर आएका जुत्ता, चप्पल, र लुगा लगाएर सिधै खोरभित्र पस्नाले।
  • मरेको कुखुरालाई इन्सिनेटरमा नजलाई वा राम्रोसँग खाडलमा नगाडी जथाभावी फ्याँलेमा।
  • सुली खरिद गर्न आउने व्यापारी आफै खोरमा पसेमा वा मल हालेको खाली बोरामा पुनः मल लिन आएमा।
  • सुलीलाई खोरको नजिक अथवा जताततै छरेमा।
  • भ्याक्सिन गरेका खाली सिसा, सिरिन्ज र ड्रपरहरु जथाभावी फ्याँलेमा र भ्याक्सिन गर्दा कुखुराहरु छुटेमा वा कोल्डचेनमा नराखिएका भ्याक्सिनहरु गलत तरिकाले प्रयोग गरेमा।
  • एउटा खोरबाट अर्को खोरको दुरि नजिक भएमा।
  • खोरभित्र र बाहिर निसंक्रमित औषधिले समय – समयमा स्प्रे नगरेमा।
  • विभिन्न उमेर तथा जातका कुखुराहरु एकै ठाउँमा पालेमा।
  • बजारमा बिक्रि गर्न पठाइएका कुखुराहरु बिक्रि नभई फर्काएर पुनः कुखुरा भएकै खोरमा राख्नाले।
  • दानामा प्रयोग गरिने कच्चापदार्थ कमसल हुनुका साथै टक्सिन, ढुसी परेको, सालमोनेला वा इकोलाई भएको दाना खुवाएमा।
  • कुकुर, बिरालो, मुसा र जंगली चराचुरुङ्गी खोरभित्र जानाले।
  • झिँगा, सुलसुले, जुम्रा आदि कुखुरामा लाग्नाले।
  • छिमेकीले पालेका कुखुरामा रोग उत्पन्न हुनाले।
  • खोरमा क्षमताभन्दा बढी कुखुरा राखेमा।
  • खोरमा हावाको सन्चार राम्रोसँग नभएमा।
  • खोरमा सोतर गिलो वा ज्यादै सुख्खा भएर धुलो उडेमा।
  • खोरको हाताभित्र वा छेउछाउमा लोकल कुखुरा, हाँस, परेवा वा अन्य घरेलु पशुपन्छी पालेमा।
  • खोरको चारैतिर पानी जम्नाले वा फोहर र झारपात राख्नाले।
  • एक लटमा प्रयोग गरेको सोतर पुनः अर्को लटमा प्रयोग गर्नाले।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!