
काठमाडौ, पुस ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको सँघारमा पुगेपछि श्रीमान र श्रीमतीकाे अलग खेमा देखिएको छ । यसअघि श्रीमान–श्रीमती अध्यक्ष केपी शर्मा ओलीको खेमामा रहेका रघुवीर महासेठ र जुलीकुमारी महतो पछिल्लो पटक फरक फरक खेमामा सहभागी हुएका छन् ।
श्रीमती महतो शुरुदेखि अध्यक्ष ओली खेमाको बैठकमा सहभागी हुँदै आएकी छन् । तर उनको श्रीमान महासेठ अध्यक्ष प्रचण्ड खेमामा पुगेका छन् । महासेठ यसअघि अध्यक्ष ओली नेतृत्वको सरकारमा यातायात मन्त्री थिए ।
पछि उनी असन्तुष्ट बनेका थिए । अहिले उनी नियमित प्रचण्ड पक्षको भेलामा सहभागी हुँदै आएका छन् । आजको बबरमहल बैठकमा पनि महासेठ सहभागी रहेका केन्दीय सदस्य मेटमणि चौधरीले बताए ।
नेकपा अब फुटमा पुग्ने निश्चितप्रायः भएपछि पार्टीमा आबद्ध श्रीमान श्रीमतीबीच पनि फुट हुने अवस्था सिर्जना भएको छ । यसैगरी उपाध्यक्ष गौतम अहिले कुनै खेमाको बैठकमा सहभागी नहुनु भए पनि उनकी श्रीमती तुलसा थापा अध्यक्ष ओली खेमाको केन्द्रीय कमिटी सदस्य भएकी छन् ।