
सुनसरी, ८ पुस । सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीबाट पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् । प्रहरीले २ थान कटुवा पेस्तोल र पेस्तोलमा प्रयोग हुने ५ राउण्ड गोलीसहित स्थानीय ३५ वर्षीय मोहम्मद मुक्तार मिया र २७ वर्षीय सद्दाम मियालाइ पक्राउ गरेकाे हो ।
उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरे पनि बुधबारमात्र सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भन्टाबारी चोक नजिक कोसी रोयल होटल अगाडि भारतबाट शंकास्पद अवस्थामा आउँदै गरेको २ वटा मोटरसाइकल चालकलाई रोकेर जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुको साथबाट १० इन्चको मजलमा काठको विंड भएको एकथान कटुवा पेस्तोल र ११ दशमलव ५ इन्च मजल र काठकै विंड भएको एकथान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने विएमएमकेएफ लेखिएको पाँच राउण्ड गोली, को ३६ प २३९० नम्बरको र विआर–५०सि ०२४४ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरेको जनाएको छ ।