२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ९ पुस । नेपालका तीन जना क्रिकेटर यूएईमा हुने अबुधाबी टी टेन क्रिकेट लिगमा आबद्ध भएका छन् । अबुधाबी टी टेन लिगका फ्रेन्चाइजले बुधबार जारी गरेको खेलाडी छनोटको अन्तिम सूचीमा सोमपाल कुशल मल्ल, करण केसी र सोमपाल कामी परेका हुन् ।

नेपाली क्रिकेट टोलिका पूर्वकप्तान एवम् अलराउण्डर पारस खड्का यसै साता अबुधाबी टी टेन लिगको टिम अबुधाबीको मेन्टर नियुक्त भएका थिए । मेन्टर नियुक्त भएपछि उनले टी टेन लिगमा नेपाली खेलाडीले अझै धेरै अवसर पाउने विश्वास लिएको प्रतिक्रिया दिएका थिए ।

सोमपाल कामी मराठा अरबियन्सको प्रतिनिधित्व गर्नेछन् । मराठामा टस्किन अहमद, पाकिस्तानका मोहम्मद हाफिज र शोएब मल्लिक, भारतका अलराउण्डर प्रवीण ताम्बे लगायतका खेलाडी रहेका छन् ।

करण केसीले पूणे डेभिल्समा आबद्ध भएका छन् । पूणेमा श्रीलङ्काका थिसारा परेरा र चमारा कपुगेदरा, इंग्ल्याण्डका साम बिलिंग्स लगायतका खेलाडी छन् ।

कुशल मल्ल टिम अबुधाबीसँग सम्झौता गरेका छन् । अबुधाबीमा नेपाली ब्याट्सम्यान कुशलले श्रीलङ्काका अभिष्का फर्नान्डो, इंग्ल्याण्डका एलेक्स हल्स, क्रिस मोरिस, ल्युक राइट, वेष्टइन्डिजका क्रिस गेल र अफगानिस्तानका नजबुल्लाह जर्दनसँगै खेल्ने भएका छन् ।

अबुधाबी टी टेन जनवरी २८ मा सुरु भई फेब्रुअरी छसम्म चल्नेछ । कुल आठ टोलि सम्मिलित अबुधाबी टी टेनका टोलिहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा बंग्ला टाइगर्स, देल्ही बुल्स, मराठा अरबियन्स र नर्थन वरियर्स रहेका छन् । समूह बी मा डेक्कन ग्लैडिएटर, पूणे डेभिल्स, कलन्दर्स र टिम अबुधाबी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!