२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १०  पुस । अब व्यावसायिकरुपमा चल्ला निकाल्नका लागि नेपालमै इन्कुवेटरको उत्पादन शुरु भएको छ। पाथीभरा सेन्सस सोलुसन प्रालि ले चल्ला कोरल्ने मेसिन ( इन्कुवेटर ) उत्पादन गरेको हो ।

३२ हजार अण्डा कोरल्न सक्ने ५२ वटा इन्कुवेटर तयार भएका छन् । यी मेसिनको मूल्य ६० हजार नेपाली रुपैयाँदेखि शुरु हुन्छ, पाथीभरा सोलुसन प्रालिले बताएको छ ।

कैलाली टीकापुरका २६ वर्षीय इलेक्ट्रीकल इन्जिनियर सुमन पौडेलको टिमले बनाएको उक्त इन्कुवेटरको नाम ” पोथी मेसिन ” राखिएको छ। यसअघि व्यावसायिक चल्ला उत्पादनका लागि भारत तथा अन्य देशहरुबाट इन्कुवेटर आयात हुँदै आएको थियो ।

इन्जिनियर सुमनका अनुसार ” नेपालमा आयातीत इन्कुवेटरहरु स्मार्ट थिएनन् । तर हामिले बनाएको मेसिन स्मार्ट हो। यो मेसिन प्रयोग गर्न तथा निरीक्षण गर्न मोबाइलका लागि छुट्टै एप तयार पारिएको छ। जसले गर्दा अन्य मेसिनमा जस्तो यसलाई मेसिनसम्म पुगेर चलाउनु पर्ने बाध्यता समेत हुँदैन ।

“पोथी मेसिन ८० वाटको बिजुलीमा समेत चल्न सक्छ। ” उनले भने ” हलुका तौल भएको यो मेसिन विभिन्न आकारमा तयार पारेका छौं। यी मेसिनहरु गुणस्तरीय र सस्तो मूल्यमा उपलब्ध हुन्छन् । ”
यद्यपि नेपालमै बनेको सामाग्री भएकाले मानिसहरुमा विश्वासको कमी रहने गरेको सुमनको गुनासो छ। पोथी इन्कुवेटर मेसिनबाट कुखुरा, बट्टाई, हाँस, लौकट, कालिज, अष्ट्रीज, तित्रा, टर्की जस्ता पन्छीहरुको अण्डा कोरल्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!