२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इनरुवा, ९ पुस । सुनसरीमा कुखुरा फार्ममा आगलागी हुँदा दश लाख बराबरको क्षति भएकाे छ । कोशी गाउँपालिका–४ श्रीपुरको कोशी कटानमा बिहीबार दिउँसो आगलागी भएको हो ।

आगलागीमा विनोद यादवले सञ्चालन गरेको कुखुरा फर्म र त्यसमा रहेको जिउँदो कुखुरासमेत जलेर नष्ट हुँदा दश लाख बराबरको क्षति भएको हो । आगलागीमा यादवको कुखुरा फर्ममा रहेका कामदारसमेत सामान्य घाइते भएको बताइएको छ ।

फर्ममा अचानक आगलागी हुँदा घर टहरा र कुखुरामा क्षति पुगेको सञ्चालक यादवले बताएका छन् । आगलागी नियन्त्रण गर्न कोसी गाउँपालिकाको दमकल, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!