२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २१ पुस । बङ्गलादेशले वेष्ट इन्डिज विरुद्धको एकदिवसीय श्रृखंलाका लागि प्रारम्भिक २४ सदस्यीय टोलीको घोषणा गरेको छ । सोमबार घोषणा गरिएको टेष्ट र अन्तर्राष्ट्रिय एकदिवसीयको प्रारम्भिक टोलीमा शकीब अल हसनको पुनरागमन भएको छ ।

म्याच फिक्सिङका लागि बिचौलियाले राखेको प्रस्ताबबारे राष्ट्रिय अनुसन्धान निकायलाई जानकारी नगराएको आरोपमा शकीब अल हसनमाथि एकवर्षको प्रतिबन्ध लगाइएको थियो । शकीब प्रतिबन्धित हुनुअघि बङ्गलादेश क्रिकेट टोलिको टेष्ट र टी ट्वान्टी अन्तर्राष्ट्रियको कप्तान थिए ।

पुनरागमनको क्रममा उनलाई सदस्यको रुपमा बोलाइएको छ । तर, अन्तर्राष्ट्रिय एकदिवसीयमा बङ्गलादेशका लागि सबैभन्दा बढी विकेट लिएका तथा सबैभन्दा लामो समयसम्म बङ्गलादेशका कप्तान रहेका मशरफे बिन मर्तजा टोलिमा अटाएका छैनन् । सन् २००१ म एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका मर्तजा पहिलो पटक एकदिवसीय टोलीमा स्थान सुनिश्चित गर्न सकेनन् ।

जनवरी २० देखि सुरु हुने गरी बङ्गलादेशले वेष्टइन्डिज विरुद्ध एकदिवसीय श्रृखंलाको पहिलो म्याच खेल्नेछ । कोभिड १९ को महामारी सुरु भए यता बङ्गलादेशको यो पहिलो अन्तर्राष्ट्रिय श्रृखंला हुनेछ ।

एकदिवसीय टोलिका सदस्यहरुमा तामीम इकबाल, तस्किन अहमद, अल अमीन होस्सैन, नजमन होस्सैन, शोरिफुल इस्लाम, मुश्फीक्र रहिम रहेका छन् ।

त्यसैगरी, हसन महमुद, मोहम्मद मिथुन, मोहम्मद सैफुद्दिन, लिटोन दास, मुस्तफिजुर रहमान, महमदुल्लाह, मेहदी हसन मिराज, अफिफ होस्सैन, तैजुल इस्लाम, मोस्द्देक होस्सैन, नसुम अहमद, सौम्य सरकार, परवेज हस्सन, यासिर अलि, महेदी हसन, मोहम्मद नईम र रुबैल होस्सैन छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!