२०८२ बैशाख १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २२ पुस । कृषिमा विदेशी लगानी खुला गर्ने सरकारी निर्णयको विरोध भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसको कार्यान्वयनका लागि निर्देशिका बनाउने तयारी थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले निर्देशिका बनाउने तयारी भइरहेको जानकारी उद्योग मन्त्रालयले दिएको बताए ।

कृषिमा विदेशी लगानी खुला गर्ने विषयमा सामान्य छलफल भए पनि निर्णायक तहमा कृषि मन्त्रालयको संलग्नता नरहेको उनले बताए । उनले भने, “विदेशी लगानी खुला गर्ने चर्चा चलिरहेको थियो तर त्यसका लागि भएको विभिन्न गृहकार्यमा कृषि मन्त्रालयको कुनै संलग्नता नरहेको कुरा मैले थाह पाएको छु । ”

नेपाल राजपत्रमा ऐन संशोधन भएर आएपछि मात्र आधिकारिक जानकारी पाएको बताउँदै उनले उद्योग मन्त्रालयले निर्देशिका बनाइरहेको कुरा जानकारी गराएको र त्यसमा कृषि मन्त्रालयको बलियो उपस्थिति हुनुपर्ने आफूूहरूले भनेको बताए । यो ऐन संशोधन भएपछि कृषि क्षेत्रमा विदेशी लगानी खुला त भयो तर त्यसलाई कसरी कार्यान्वयन गर्ने भनी कार्यविधि वा निर्देशिका बनाउन बाँकी रहेकाले त्यसमा कृषि मन्त्रालय गम्भीर भएर संलग्नता देखाउने बताए ।

नेपालमा कृषि क्षेत्रमा साना लगानी, साना किसान तथा अन्य साना लगानीका उद्योगलाई कुनै असर नपरोस् भन्ने कुरामा कृषि मन्त्रालयले विशेष ध्यान दिने उनले बताए । कृषिमा विदेशी लगानी खुला हुनेवित्तिकै सबै क्षेत्रमा एक पटक हुन्छ वा जथाभावी लगानी हुन्छ भन्ने होइन, सरकारले लगानीमा अवश्य नियन्त्रण गर्नेछ, उनले भने ।

उत्पादन गरेका मध्ये ७५ प्रतिशत निर्यात गर्नुपर्ने सर्त राखिएको र त्यसलाई कडाइसाथ पालन गर्न लगाउनुपर्ने जस्ता प्रावधान निर्देशिकामा राखिने उनले बताए ।  विदेशी लगानी खुला गरे पनि नेपालको कृषि क्षेत्रमा प्रभाव नपरोस् भन्नेमा कृषि मन्त्रालय गम्भीर रहेको उनले बताए । कृषि क्षेत्रमा आबद्ध उद्योगीलाई विदेशी लगानी खुला गरेकोमा नआत्तिन आग्रह पनि उनले गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!