२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धनगढी, २२ पुस । अघोषित रूपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फुटपछि त्यसकाे प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि परेकाे छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् । बोहोराले बुधबार पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएका हुन् ।

नेकपा विभाजनसँगै बोहोरा ओली पक्षमा खुल्दै पदबाट राजीनामाको घोषणा गरेका हुन् । ओली पक्षले उनलाई केन्द्रीय सदस्यसमेत मनोनित गरिसकेको छ ।

सुदूरपश्‍चिम प्रदेश सरकारमा सुरुदेखि नै ओली पक्षमा खुलेका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई यसअघि नै मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट हटाइसकेका छन् । बोहरा पनि बाहिरिएपछि प्रदेश सरकारमा दाहाल–नेपाल पक्षधर मन्त्री मात्रै कायम रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!