२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २३ पुस । म्यानचेस्टर सिटीले इङ्ग्लिस काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनल खेलमा म्यानचेस्टर युनाइटेडमाथि २–० गोलको जित निकाल्दै सिटी फाइनलमा प्रवेश गरेकाे हो ।

युनाइटेडकाे मैदानमा सिटीको जितमा जोन स्टोन्स र फर्नान्डिन्होले एक–एक गोल गरे ।  खेलकाे ५०औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ८३औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई जित दिलाए ।

अब सिटीले उपाधिका लागि टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ । टोटेनहम च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै फाइनल पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!