२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौंँ, २३ पुस । भारतका केही प्रान्तमा बर्डफ्लु देखिएपछि नेपाल–भारत सीमा नाकामा सतर्क रहन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।
कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेका अनुसार भारतबाट कुखुराजन्य वस्तु आयात हुँदा त्यसमा विशेष निगरानी राख्न र जाँचमा कडाइ गर्न मातहतका क्वारेन्टाइन कार्यालयलाई बुधबार निर्देशन दिएको छ ।

देशभर १६ वटा क्वारेन्टाइन कार्यालय छन् । ती सबैलाई पत्र पठाइएको छ । खासगरी काँकडभिट्टा, विराटनगर, जनकपुर, पर्सालाई विशेष सतर्क गराइएको उनले जानकारी दिए । उनले अहिलेसम्म नेपालमा बर्डफ्लु देखिएको छैन तर देखिइ हाल्यो भने तत्कालै त्यसको नियन्त्रणमा खटिन पनि निर्देशन दिइएको बताए ।

बर्डफ्लु नियन्त्रणका लागि साधन स्रोत, जनशक्ति, प्राविधिक चाहिएमा जानकारी गराउनसमेत भनिएको छ । त्यहाँका मातहत कार्यालयले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी नियन्त्रणका लागि काम गर्न निर्देशन दिइएको तर हालसम्म नेपालमा बर्डफ्लु नभेटिएको उनले बताए ।

भारतका विभिन्न राज्यमा बर्डफ्लु देखिएको खबर आउन थालेपछि त्यसका बारेमा छलफल गर्न बुधबार पशुु सेवा विभागमा बैठक बसेको थियो । सो बैठकले तत्कालै सीमा नाकामा रहेका क्वारेन्टाइनलाई सतर्क रहन निर्देशन दिने निर्णय गरेको छ ।

नाकाबाट आउने कुुखुराजन्य वस्तुलाई कडाइका साथ ल्याबमा चेकचाँज गर्ने र क्वारेन्टाइनमा ती वस्तुका बारेमा पूर्ण अध्ययन गरेपछि मात्र निरोगिताको प्रमाणपत्र दिएर पठाउने निर्देशन भएको उनले जानकारी दिए । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको गुजरात, मध्यप्रदेश, झारखण्ड, महाराष्ट्र, हिमाञ्चल प्रदेशलगायतमा बर्डफ्लु देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!