२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड अंक बाँड्न बाध्य भएकाे छ । शनिबार राति भएको खेलमा ओसासुनासँग गोलरहित बराबरीमा रोकिँदै रियल अंक बाँड्न बाध्य भएकाे हो ।

ओसासुनाको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियलले अंक बाँड्नु परेको हो । बल पोजिसनमा एकतर्फी पकड जमाएपनि रियलका फरवार्डले गोल गर्न सकेनन् ।

बराबरीमा राेकिएसँगै रियलले शीर्ष स्थानमा उक्लिने माैका गुमाएकाे छ । बराबरीसँगै दोस्रो स्थानको रियलले १८ खेलमा ३७ अंक जोडेकाे छ । शीर्ष स्थानकाे एथ्लेटिकाेसँग ३८ अंक छ । एथ्लेटिकाेले १५ खेल खेलेकाे छ ।

ओसासुना भने १५ अंकका साथ १९औं स्थानमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!