२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ पुस । भोगटे दक्षिणपूर्वी एसियामा पाइने एक किसिमको फल हो । नेपालमा पनि भोगटे प्रशस्त पाइन्छ तर यसको स्वास्थ्यसम्बन्धी महत्व धेरै कमलाई मात्र थाहा छ । भोगटेको महत्वलाई नबुझ्दा यसले नेपालमा ब्यबसायिकता पनि पाउन सकेको छैन । तिहारमा पूजा आजा गर्दा मात्र नेपालीहरुले एक पटक भोगटेलाई सम्झन्छन् ।

अन्य दिन यसको ब्यापार शून्य जस्तै हुन्छ । किन यस्तो भयो यसको सोध र अनुसन्धान पनि कसैले गर्न चाहेनन । स्वास्थ्यका लागि अमृत सरह एक बहुमुल्य फललाई किन बुझ्न सकिएन यो एक सोचनिय कुरा छ । भोगटेमा अन्य फलभन्दा धेरै गुणा पोषण तत्व पाइन्छ तर पनि हामीले यसको गुण चिन्न नसक्दा बोटैमा कोहिएर झर्छ ।

यसको मुल्य तिहार बाहेक कुनै पनि समयमा राम्रो हुन्न । शहर बजारको तिहारमा एक पटक झुल्लुक्क देखिने यो फल गाउँ घरमा भने जहाँ तही पाईन्छ तर पनि यसको महत्व न गाउका मान्छेलाई थाहा छ न नै शहरका नै । भोगटेको बैज्ञानीक नाम सिट्रस मक्सिमा हो र यसलाई सिट्रस बर्गमा राखिएको छ ।

भिटामिन सी भरपूर पाइने भोगटेमा प्राकृतिक तत्व लिमोनाइड पनि पाइन्छ । जसले कोलेस्ट्रोललाई कम गर्न सहयोग गर्छ । त्यस्तै, रातो भोगटेले क्यान्सरसँग लड्ने ‘लाइको पीन’ नामक शक्तिशाली तत्व पनि पाइन्छ । चार सयदेखि १४ सय मिटरसम्मको उचाइमा पाइने फलको केस्रा रातो हुन्छ । यसको रसले मानिसको शरीरमा रगतलाई बढाउँछ ।

फल खाएमा खाना पचाउन सहयोग गर्नुका साथै शक्ति दिन्छ, पित्त नास गर्छ, रक्तश्राव रोक्न मद्दत गर्छ । साथै, पिसाब नआउने समस्या भएमा खुलाउँछ, पेट सफा गर्छ । धेरै थरिका भिटामिन,मिनेरल्स र अन्टीएक्सिडेन्ट पाइने भोगटे मानब स्वास्थ्यका लागि निकै उपयोगी फलको रुपमा लिन सकिन्छ ।

यो फलको महत्व नबुझेर पनि होला नेपालमा यसको खासै मुल्य छैन चाहे शहरमा होस या गाउ गाउ मै किन नहोस ।गाउमा त भोगटे तेसै झरेर खेर गइरहेको देख्न सकिन्छ । यो फल साँधेर खानुबाहेक कमैलाई थाहा होला ।

भोगटेका फाइदाहरु

भोगटे पोषण तत्वले भरपुर फल हो । ६१० ग्रामको एउटा भोगटेमा २३१ क्यालोरी प्राप्त हुन्छ । यो फलमा कार्बोहाडेड, प्रोटिन,फाइबर, पोटासियम,कपर, भिटामिन सि, रिबोफ्लाबिन, थियामिन जस्ता तत्वहरु प्रसस्त पाईन्छ । एन्टीएक्सिडेन्टका लागि धनी फल हुनाले यसले हाम्रो शरीरका ड्यामेज सेलहरुलाई रिकभर गर्न ठूलो भूमिका खेलेको हुन्छ ।

मुटुसम्बन्धी समस्या निदान गर्न उत्तम फल हो भोगटे । क्यान्सर सेलका बिरुद्द लडाईं गर्ने उच्च कोटिको फल । कुनै पनि खानामा र कुनै पनि समयमा सहज प्रयोग गर्न मिल्ने फल । रोगप्रतिरोधात्मक क्षेमता बृदि गर्न सहयोगी फल । पाचन प्रणालीका लागि उपयोगी फल । बोन हेल्थका लागि उत्तम फल । बुढो पना देखिनबाट बचाउछ । सन्क्रमण हुनबाट जोगाउने बिशेष भूमिका खेल्ने फलका रूपमा पनि भोगटेलाइ लिइन्छ ।

साथै यसले डाइबिटिज हुनबाट धेरै हद सम्म जोगाउछ । स्किन केएरका लागि निकै उपयोगी फल । डन्डीफोर आउने समस्याका लागि पनि उपयोगी फल । स्वास्थ्य कपालका लागि पनि भोगटे निकै राम्रो फल हो ।

कसरी खाने भोगटे फल, के के बन्छ ?

भोगटे भन्ने बित्तिकै साँधेर खाने फल हो भन्ने हामी सबैको सहज बुझाइ छ । तर यो फलका धेरै परिकार बनाएर खान सकिन्छ । भोगटेको सलाद निकै राम्रो,स्वास्थ्य बर्दक र ताजा मानिन्छ । युरोपियनहरुले यसलाई निकै महत्वका साथ सलाद,सस र पेस्ट्री आइटममा प्रयोग गर्न रुचाउँछ ।

यसको जुसबाट धेरै मक्टेल तथा कक्टेलहरु पनि बनाउन सकिन्छ । चीनको दक्षीणी भुभाग साइडमा भोगटेको जुस बिभिन्न सुप र देजर्ट आइटमहरुमा सुगन्धका लागि प्रयोग गर्छन । भोगटेको चाट बनाएर खाने चलन भारतमा अझै प्रसिद्द छ । नेपालमा भने भोगटेमा दही हालेर साँधेर खाने चलन छ ।

भोगटेबाट बनेको पोमेलो बटर केक पनि निकै प्रचलित स्विट केक हो । पोमेलो कुकिज पनि निकै स्वास्थ्य बर्दक र सुगन्धित मानिन्छ । जपानिजहरुले प्राउनको आइटम र सुसीहरुमा पनि भोगटे निकै प्रयोग गरेको पाईन्छ । ब्यबसायिक किचनमा भोगटेलाई एक अभिन्न अङगको रुपमा राखिएको हुन्छ । खाना सजावटका लागि पनि भोगटेका केस्रा निकै उपयोगी मानिन्छ । भोगटेको वाइन पनि बिस्वमा निकै चलेको मानिन्छ र स्वास्थ्यवर्धक पनि ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!