
एजन्सी, २७ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोगको तयारी गरिएकाे अन्तर्राष्ट्रिय मिडियाहरूले लेखेका छन् ।
अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले ट्रम्पलाई महाअभियोग सहित हटाउनका संसद तयार रहेको बताएकी हुन् । उनले उपरराष्ट्रपछि माइक पेन्सले राष्ट्रपतिलाई नहटाए संसदबाट राष्ट्रपतिलाई हटाउने विषयमा प्रक्रिया सुरु गर्ने बताएको सीएनएनले जनाएको छ।
पेलोसीले उपराष्ट्रपति पेन्स र ट्रम्पको क्याविनेटले २५ औं संशोधनको प्रयोग नगरे सोमबार बिहान संसदले यस सम्बन्धि प्रस्ताव सर्वसम्मत पारित गर्ने प्रयास गर्ने बताएकी हुन्। उनले सर्वसम्मत नभए मंगलवार मतदात प्रक्रियामा जाने बताएकी हुन् । संसदको प्रस्तावले पेन्सलाई २४ घण्टाभित्र कदम चाल्न अनुरोध गर्ने छ । यदि, उनले राष्ट्रपति ट्रम्पलाई हटाउने २५ औं संशोधन प्रयोग नगरे संसद राष्ट्रपतिमाथि महाअभियोग तर्फ अगाडि बढ्ने छ ।
पेलोसीले डेमोक्रेटहरुलाई लेखेको पत्रमा राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव अगाडि बढाउने बताएकी हुन् । ‘हाम्रो संविधान र प्रजातन्त्र बचाउनका लागि हामी तत्काल नै कदम अगाडि बढाउने छौँ। किनकि दुवैमाथि राष्ट्रपतिबाट खतरा भएको छ। दिन घर्किँदै जाँदा थप खतरा बढ्दै जानेछ। त्यसैले पनि तत्काल कदम चाल्न आवश्यक छ,’ पेलोसीले भनेकी छिन्।