२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १ माघ । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कपकाे उपाधि जितेकाे छ । बुधबार राति भएकाे खेलमा चिर परिचित प्रतिद्वन्द्वी मार्सेलाई २-१ गोलले पराजित गर्दै पिएसजीले कीर्तिमानी १० औं पटक फ्रेन्च सुपर कप उपाधि जितेको हो ।

पिएसजीको जितमा माउराे इकार्डी र नेइमारले एक-एक गोल गरे । मार्सेका डिमिट्री पायटले एक गोल फर्काए ।

अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा गोलरक्षक स्टिभ मान्डान्डाले सुरुवाती हेडर बचाउन नसक्दा आएको रिबाउन्डमा इकार्डीले सहजै गोल गरेका थिए ।

खेलको ८५ औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । गोलरक्षक योहान पेलेले पेनाल्टी क्षेत्रभित्र इकार्डीलाई लडाएपछि पिएसजीले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा एन्जल डी मारियाको स्थानमा मैदान छिरेका नेयमारले कुनै गल्ति नगरी पेनाल्टीमार्फत वर्षको पहिलो गोल गर्न सफल रहे ।

मार्सेले अन्तिम समयतिर गोल फर्काएपनि नतिजा बदल्न भने सकेन । डिमीट्री पायटले फ्लोरियन थाउभिनको क्रसलाई पहिलो टचमा नै गोलमा परिणत गरेपनि उक्त गोल सान्त्वनामै सिमित भयो ।

यससँगै पिएसजीले सिजनको पहिलो उपाधि जित्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!