२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, १ माघ ।  राष्ट्रिय योग दिवसको अवसरमा देवानगञ्जमा पनि कार्यक्रम आयोजना गरिएको छ  । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ मनाइएको योग दिवसको अवसरमा  देवानगञ्ज गाउँपालिका–३ मा रहेको कप्तानगञ्ज आयुर्वेद औषधालयले यो शिविर आयोजना गरेकाे हो ।

बिहीबार बिहान योग दिवसको अवसरमा योग शिविर आयोजना गरिएकाे औषधालयका अधिकृत जिवच्छ पञ्जियारले जानकारी दिए । उनका अनुसार देवानगञ्ज गाउँपालिका प्रमुख लालीप्रसाद मेहताको प्रमुख आतिथ्यतामा भएकाे सो शिविरमा ७०-८० जनाको संख्यामा उपस्थिति रहेको थियो ।

देवानगञ्ज-३ का वडाध्यक्ष अनिलकुमार भगतको अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिका उपप्रमुख पुनितादेवी यादव तथा प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाइको उपस्थिति थियो ।

औषधालयले हार्ड जोर्नी तथा नसा रोग, स्त्री रोग, पिसाब रोगलगायतका सम्पूर्ण उपचार साइडइफेक्टबिना निःशुल्क गर्दै आइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!