
काठमाडाैं, ४ माघ । भोलि (साेमबार) देखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि फारम खुला हुने भएको छ । नेपाल मेडिकल काउन्सिलले माघ ५ गतेदेखि अनलाइन फारम खुला गर्ने जानकारी दिएकाे हो । आइतबार एक सूचना निकाल्दै काउन्सिलले साेबारे जानकारी दिएको हो ।
फागुन ९ र १० गते ५९ औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा गर्ने तयसमेत काउन्सिलले गरिसकेको छ । ‘माघ ५ देखि २४ गतेसम्म नियमित तथा २५ र २६ गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने व्यवस्था गरिएको छ,’ काउन्सिलले जारी गरेको सूचनामा उल्लेख छ।