२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ४ माघ । इन्डोनेशियामा भूकम्पपछि ज्वालामुखी विस्फोट भएकाे छ । माउन्ट सेमरुमा भएको ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ तथा खरानी साढे पाँच किलोमिटरभन्दा धेरै परसम्म पुगेको बीबीसीले जनाएको छ ।

शनिबार बेलुका पाँच बजेर २४ मिनेटमा भएको विस्फोटपछि त्यहाँकाे आकासमा खरानी र धुवाँ फैलिएको छ । ज्वालामुखीबाट कोही घाइते भएको वा ज्यान गएको जानकारी आइसकेको छैन

तर, इन्डोनेशिया सरकारले ज्वालामुखी विस्फोट भएको आसपासको पहाडी क्षेत्रमा बसेका मानिसलाई सचेतता अपनाउन आह्वान गरेको छ ।

यस अघि शुक्रबार इन्डोनेशियाको सुलावेसी प्रान्तमा गएको भूकम्पका कारण ४२ जनाको ज्यान गएको थियो । अझै पनि खोजी कार्य भइरहेको छ । भूकम्पबाट सयौं घाइते र हजारौं विस्थापित भएका बीबीसीले जनाएको छ ।

अघिल्लो हप्ता ६२ जना बोकेको इन्डोनेसियाको एउटा विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कसैको पनि जीवित उद्धार भएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!