२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ५ माघ । विराटनगरमा सडकपेटीमा बस्ने असहाय तथा असक्तलाई न्यानो कम्बल वितरण गरिएको छ । नेपाल वैश्य युवा संघ मोरङले घरबारविहीन भएर सडक पेटीमा बस्दै आएका असक्त तथा बेसहारालाई आइतबार न्यानो कपडा कम्बल वितरण गरेको हो ।

संघका अध्यक्ष गणेशकुमार साहले विराटनगरका विभिन्न स्थानका सडक पेटीमा बस्दै आएका तथा मागेर जीवन गुजारा गरिरहेको २० जना असक्त तथा असहायलाई कम्बल वितरण गरिएको जानकारी दिए ।

संघले विराटनगर बसपार्क, शनीमन्दिर, कोशी अस्पताल, तीनपैनी तथा नोबेल अस्पताल चोकलगायतका स्थानमा असक्त असहायलाई कम्बल वितरण गरेको हो ।

साहले केही दिनदिखी अत्यधिक चिसो बढेपछि कम्बल वितरणा गरिएकाे बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!