२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ५ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे प्रतिलिटर दुई रुपैयाँका दरले इन्धनको मूल्य बढेकाे जनाएकाे छ ।

पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९३ रुपैयाँ पुगेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्ययका अनुसार नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुनेछ । ग्यासमा भने साविककै मूल्य कायम गरिएको निगमले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!