२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दुहवी, ६ माघ । सुनसरीको दुहवी-इनरुवा सडकखण्डअन्तर्गत सिमरियामा माईक्रो दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । मंगलबार बिहान माईक्रोले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक महिलासहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको माइक्रोले विपरीत दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माईक्रोले को ३४ प ४६९४ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ ।

माईक्रोले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इनरुवा ३ का बृख मण्डलको घटनास्थलमै ज्यान गएको छ । त्यसैगरी माइक्रोको सह चालक सप्तरी घर भएका शंकरकुमार यादवको समेत मृत्यु भएको छ । मृतक महिलाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

मोटरसाइकललाई ठक्कर दिएको माईक्रो सडक किनारमा पल्टेको थियो । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । उनीहरुको उपचार विराटनगर र इनरुवा अस्पतालमा जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!