२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ७ माघ । भारत सरकारले नेपाललाई सहयोगस्वरूप दिने प्रतिबद्धता गरेअनुसारको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप चाँडै नेपाल भित्रिने भएको छ । अन्य विदेशी मुलुकबाट खोप कहिले आउने भन्ने अन्योल चिर्दै छिमेकी मुलुकबाट सबैभन्दा पहिले खोप आउने सुनिश्चित भएको छ ।

भारत सरकारले त्यसका लागि प्रक्रिया सुरु गरिसकेको भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले जानकारी दिए । अबको केही दिनमा नै भारत सरकारका तर्फबाट नेपाललाई प्रदान गरिने खोपको घोषणा गरिने बताउँदै उनले भने, ‘त्यसपछि पहिलो चरणको खोप नेपाललाई पठाउनेछ ।”

नेपाललाई दिने खोपको घोषणालगत्तै खोप ढुवानीको अन्य प्रक्रिया सुरु हुने उनले स्पष्ट पारे । राजदूत आचार्यका अनुसार निकटको छिमेकी मुलुकको नाताले पनि भारतबाट खोप नेपाल भित्र्याउने सवालमा निकै राम्रो प्रगति भएको छ । भारतबाट आउने खोपको केही मात्रा अनुदानको हुनेछ भने अन्य खरिद प्रक्रियाअनुसार हुने सम्भावना रहेको छ ।

नेपालको कुल जनसङ्ख्यालाई पुग्ने खोप भारतबाटै ल्याउन पहल भइरहे पनि पहिलो चरणमा कुल जनसङ्ख्याको तीन प्रतिशत खोप भारतबाट आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!