२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १२ माघ । कतारबाट डाइपरमा लुकाएर सुन भित्र्याउने र संकलन गर्न पुगेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कतारबाट आएका सुवास गुरुङ र सुन संकलन गर्न विमास्थलमा पुगेका तनहुँका टकबहादुर गुरुङ रहेका छन् । उनीहरूलाई आइतबार विमानस्थलबाटै पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

हिजो कतार एयरवेजको उडान नम्बर क्यूआर–६५२ बाट काठमाडौं आएका सुवास गुरुङको लगेज जाँच गर्दा सुन भेटिएको थियो । बच्चाले लगाउने डाइपरमा लुकाएर ल्याएको सुन फेला परेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनलाई नियन्त्रणमा लिएकाे हाे ।

चितवन भरतपुर घर भएका सुवासले डाइपरमा लुकाएर ल्याएको ३ सय ४४ दशमलव ९९ ग्राम सुनका रिङ र बाला बरामद गरिएको हो । सुन रिसिभ गर्न गएका तनहुँ व्यास नगरपालिका–९ का ३१ वर्षीय टकबहादुरलाई पनि विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!