
एजेन्सी, १३ माघ । टोटेनहम हटस्पर एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । सोमबार राति भएकाे चाैथाे चरणकाे खेलमा च्याम्पियनसिप क्लब वाइकम्ब वान्डरसलाई ४-१ गोलान्तरले पराजित गर्दै टोटेनहम पाँचौं चरणमा पुगेको हो ।
वान्डरसको मैदानमा घरेलु टाेलीले बनाएकाे अग्रता उल्टाउँदै टोटेनहमले पुनरागमन जित निकालेको हो । खेलको २५ औं मिनेटमा फ्रेडले गोल गर्दै वान्डरसलाई अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ८६ औं मिनेटमा ह्यारी विंक्सले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए । त्यसकाे एक मिनेटपछि टानगाइ एनडोम्बेले गोल गर्दै टोटेनहमलाई ३-१ को अग्रता दिलाए ।
९० औं मिनेटमा एनडोम्बेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को सहज जित दिलाए । अब टोटेनहमले पाँचौ चरणमा एभर्टनसँग खेल्नेछ । यो खेल १० फेब्रुअरीमा हुनेछ ।