२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

चरीकोट, १३ माघ । दोलखाको भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी सात वटा भैँसी पालिरहेका छन् । उनले जग्गा लिएर भैँसी फार्म निर्माण गरेका हुन् । दैनिक ७० देखि ८० लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । सुवेदी बिहान आफैँ मोटरसाइकलमा चरीकोटकोपसलहरुमा दूध पुर्याउन जान्छन् ।

बजारमा डेरीको भन्दा भैँसीको दूधको माग धेरै छ । बजारमा नै लगेर ८० रुपैयाँमा एक हर्लिक्स दूध बेच्न गरेको सुवेदीको भनाइ छ । दूध बेचेर मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको सुवेदीको भनाइ छ । खर्च कटौती गरेर मासिक ६० देखि ७० हजारसम्म फाइदा हुने उनको कथन छ ।

फार्ममा हाल मुर्रा र लाहुरे जातका भैँसी छन् । तीन जनालाई रोजगारीसमेत दिएका सुवेदीले मथानी कृषि तथा पशुपक्षी फार्म दर्ता गरी व्यावसायिकरुपमा नै सञ्चालनको तयारी गरेका छन् ।

फार्म विस्तार गरी ३१ वटासम्म भैँसी सहजै पाल्न सकिने बनाइएको छ । करीब २० वटा भैँसी दुहुनो राख्ने योजना सुवेदीको छ । हालसम्म करीब ५० लाख लगानी गरिसकेको र भैँसीपालनका साथै अर्गानिक तरकारी खेतीको समेत तयारी गरिएको सुवेदीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!