२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १३ माघ । कुखुरामा प्रयोग गरिरहेका अथवा प्रयोग गर्न राखिने औषधिहरु भण्डारण गरेर राख्दा ध्यान पुर्‍याउनु पर्दछ । औषधि पसलमा होस अथवा किसानले कुखुरालाई प्रयोग गर्न ल्याएका औषधि हुन्, त्यसलाई मापदण्ड अनुसार नै भण्डारण गर्नु पर्दछ ।

मापदण्डविपरीत राखिएका औषधिहरुको प्रभावकारिता घट्ने भएकाले यसतर्फ किसान र औषधि बिक्रेताले सतर्कता अपनाउनु पर्दछ ।

  • औषधिलाई सुख्खा र ठण्डा ठाउँमा राख्नुपर्छ ।
  • सिधै घाम पर्ने र बढी तातो हुने ठाउँमा औषधिहरु राख्नु हुँदैन ।
  •  औषधि राखेको ठाउँमा हावाको राम्रो सञ्चार हुनुपर्छ ।
  • औषधि राख्ने ठाउँमा औषधिको प्रकार अनुसार छुट्टाछुट्टै मिलाएर राख्नुपर्छ । भिटामिन, एन्टिबायोटिक र अन्य औषधिहरु अलग-अलग राख्नुपर्छ ।
  • कुखुरालाई खुवाउने र स्प्रे गर्ने किटनाशक बिषादिहरु एकै ठाउँमा राख्नु हुँदैन ।
  • प्रयोग अवधी समाप्त भएका औषधि भण्डारण गर्नु हुँदैन । साथै मिति र नाम स्पष्ट खुलेका र प्रयोग गर्न मिल्ने औषधिहरु मात्र भण्डारण गरेर राख्नुपर्छ ।
  • औषधिहरु बच्चाहरुको पहुचभन्दा अलग्गै राख्नुपर्छ ।
  • भ्याक्सिन लगायतका कोल्डचेनमा राख्नुपर्ने औषधीहरु कम्पनीको निर्देशिका अनुसारको मापदण्डमा राख्नुपर्छ।

त्यसैले कुखुरालाई प्रयोग गर्ने औषधि, भ्याक्सिनहरु खरिद, ढुवानी र भण्डारण गर्दा सतर्कता अपनाउनु जरुरी हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!