२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, १८ माघ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।

‘नेपाल सरकारको अनुरोधमा चीनले नेपाललाई ३ लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिने निर्णय गरेको छ, जसबाट १ लाख ५० हजार नेपाली लाभान्वित हुनेछन्,’ नेपालस्थित चिनियाँ दूतावासले भनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!