२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं.३ मा रहेको मारिया खोलामा एक ब्यक्ति मृत अवस्थामा फेला परेको छ । दुहवी सोनापुर घर भएको देवानगञ्ज गाउपालिका वार्ड नम्बर ३ मा मामा घरमा बसिरहेको लगभग २५ वर्षीय सन्तोष मण्डलको मृत्यु भएको ईलाका प्रहरी देवानगञ्जले जनाएको छ । शुक्रवार विश्वकर्मा पूजाको मुर्ती सेलाउन गएका यूवा हराएको भन्दै आज मारिया खोलामा डुबेको अवस्था फेला परेको प्रहरी बताएका छन् ।

मृतक २० वर्ष देखी ज्याला मजदूरी गर्दै आएको हेटौडामा रक्षाबन्धनमा मामा घरमा पाहुना आएको थियो तर कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिएको हुनाले सरकारले गरेको लगडनका कारण मण्डल घर जान सकेन र ३ महिना देखी मामा घरमा बस्दै आएको मृतकका मामा मनु मण्डलले बताएका छन् । मृतकको पोष्टमाडमको लागि जिल्ला अस्पताल इनरुवा अस्पताल लगिएको ईलका प्रहरी देवानगञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!