
झापा, २५ असाेज । झापामा खुकुरीले घाँटीमा प्रहार गरी श्रीमतीको हत्या गरेकाे अभियोगमा श्रीमान पक्राउ परेका छन् । झापाको कमल गाँउपालिका-२ त्रिवेणी चौक बस्ने ३४ वर्षीय रामजी थापा आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका हुन् ।
शनिबार साझँ पौने ६ बजे थापाले २४ वर्षीया आफ्नै श्रीमती रिता थापाको हत्या गरेकाे पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घरायसी विषयमा विवाद हुँदा एक्कासी थापाले आफ्नै श्रीमती रितालाई धारिलो हतियार खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
श्रीमतीको हत्या गर्ने थापालाई तत्काल पक्राउ गरी कर्तब्य ज्यानअन्तर्गत मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।