२०८२ बैशाख १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

खोटाङ, २५ असोज । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी-२ तालखर्कमा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् पक्राउ परेका छन । पक्राउ पर्नेमा ४० वर्षीय छत्रबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

गत शुक्रबार बिहान ५ बजे गिरीले आफ्नै श्रीमती ४४ वर्षीया ज्ञानकुमारी गिरीको हत्या गरेका थिए । आफ्नै घरमा बसिरहेको अवस्थामा बिहानीपख उनीहरुबीच घरायसी विषयमा सामान्य विवाद हुँदा छत्रबहादुरले एक्कासी मसला पिस्ने लोहोरोले ज्ञानकुमारीलाई कन्चटमा प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

घाइते ज्ञानकुमारीलाई थप उपचारको लागि गाडीमा काठमाण्डौ लैजाँदैगर्दा सोही दिन दिउँसो सवा २ बजे बाटोमै मृत्यु भएको थियो ।

यता, श्रीमतीलाई लोहोरोले कन्चटमा प्रहार गरेर छत्रबहादुर भने फरार रहेका थिए । फरार रहेका उनलाई शनिबार बिहान खोटाङकै एरियामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीमाथि कर्तब्य ज्यानअन्तर्गत मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!