२०८१ चैत्र ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 झापा  । झापाबाट प्रतिबन्धित लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-७ मेचीखोला बगरबाट ब्राउनसुगरसहित सोही स्थानका १८ वर्षीय राज सुबेदी शर्मा र मेचीनगर-८ का २० वर्षीय सौगातलाई पक्राउ गरिएको हो ।

विशेष सुराकका आधारमा लागूऔषध व्युरो काँकड्भिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज बिहान सवा ६ बजे पक्राउ गरेको हो । पक्राउ परेसँगै उनीहरुमाथि चेकजाँच गर्ने क्रममा ४ ग्राम ब्राउनसुगर समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुबै जनामाथि इलाका प्रहरी कार्यालय काँकड्भिट्टाबाट कानुनी कारबाही अगाडि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!