
खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी(६ बस्ने २९ वर्षीय पातल सिंह राईलाई अरिङ्गालले टोक्दा उनको मृत्यु भएको छ ।
शनिबार जंगलमा घाँस काट्न गएका सिंहलाई घाँस काटिरहेको अवस्थामा एक्कासी अरिङ्गालले शरीरका विभिन्न भागमा टोक्दा उनी बेहोस भएका थिए ।
अरिङ्गालले टोकेर बेहोस भएका सिंहको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा आज बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।