२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कोरोनाबाट रोजगारी गुमाएर फर्किएकालाई कृषि पेशामा आबद्ध गराउने गरी कृषि कार्यक्रम अगाडि बढाएको छ ।

मन्त्री आरती पौडेलले कृषि पेशामा श्रम गर्ने मजदुरको वीमा, सञ्चय कोष कट्टी लगायतका योजना सञ्चालन गरेर कुषि पेशामा युवालाई आकर्षित गर्ने गरी कार्यक्रम कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले कृषिमा आबद्ध हुन चाहने युवा तथा कृषकलाई सस्तो दरमा सुलभ कर्जा, उत्पादनमा आधारित अनुदानको व्यवस्था तथा बजारीकरणसमेतको व्यवस्थाको गरिने बताउनुभयोे ।

सन्धिखर्कमा पत्रकारसँग कुराकानी गर्दै कृषि मन्त्री पौडेलले प्रदेशलाई चिया, छुर्पी र महमा नमुना जिल्ला बनाउने गरी कार्य सञ्चालन गर्न थालेको जानकारी दिनुभयो । मन्त्रालयका सचिव रेवतीरमण पौडेलले उत्पादनमा बृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गरी युवालाई कृषि पेशामा स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!