
विराटनगर, ८ वैशाख । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव युवतीसहित होटलबाट रङ्गेहात पक्राउ परेका छन् । बुधबार धरानस्थित डुकु होटलबाट उनी इनरुवाकी १७ वर्षीया युवतीसहित रङ्गेहात पक्राउ परेका हुन् ।
सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार उनी एक युवतीसहित निवस्त्र रूपमा पक्राउ परेका हुन् । यता, होटलमा गाउँपालिका अध्यक्षसँग भेटिएकी युवतीले भने आफूलाई जागिर लगाइदिने प्रलोभनमा होटल लगेर जबरजस्ती करणी प्रयास गरेको भन्दै प्रहरीसमक्ष जानकारी दिएकी छन् ।
युवतीको जाहेरीपश्चात प्रहरी उनीमाथि मुद्दा चलाउने तयारी गरेकाे प्रहरी स्रोतले जनाएको छ ।
बुधबार दिउँसो अध्यक्ष सरकारी गाडीमा होटल पुगेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । सोही आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको थियो । तर युवतीले अध्यक्षले प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको भनेपछि प्रहरीले उनलाई छोडिदिको स्रोतले जनाएको छ ।