
विराटनगर । सामाजिक विकास मन्त्रालयले धनकुटामा १४ वटै जिल्लाका स्वास्थ्य कार्यालयका कर्मचारीहरुलाई पोषण सम्बन्धि ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ ।
स्वास्थ्य कार्यालय कर्मचारीले स्थानीय तहका स्वास्थ्य प्रतिनिधिलाई पोषण संवन्धिको तालिम दिने छन् । तालिम समापन कार्यक्रममा मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव महेता, तालिम प्रमुख रोहित पाण्डे लगायतको सहभागिता रहेको थियो ।