२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २७ असाेज । मोरङमा मंगलबार कोरोना भाइरसबाट संक्रमित दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिए ।

मृतकलाई स्वासप्रस्वासमा समस्या आई बेहोस् अवस्थामा यही असोज २४ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । मृतकको सोही दिन पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

यसैगरी बूढीगङ्गा गाउँपालिका–५ का ७१ वर्षीय वुद्धको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ ।

मृतकको गएको शनिबार सङ्क्रमण पुष्टि भएसँगै उपचारका लागि केन्द्रमा ल्याइएकोमा आज मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । दमको पुरानो बिरामी रहेको वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखी उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!