२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, २९ असोज । सुनसरीको इटहरीमा मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना तिराइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरी र इटहरी उपमहानगरपालिकाको संयोजनमा बुधबार इटहरीमा अनुगमन गरिएको थियो । सो अनुगमनमा मास्क नलगाउने १६ जनालाई नियन्त्रणमा लिइ कारवाही गरिएको जिल्ला प्रशासन सुनसरीका प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयका अनुगमन अधिकृतसमेत रहेका न्यौपानेले बढी भिडभाडयुक्त स्थानमा मास्क नलगाएको अववस्थामा भेटिएका व्यक्तिलाई नियन्त्रणमा लिइ इटहरीको बुढी खोला छेउमा रहेको प्राचि भवनमा राखेर साँझ छोडिएको बताए ।

उनका अनुसार केहीलाई आधा घण्टा जति सम्झाएर छोडिएको थियो भने दस जनालाई प्रतिव्यक्ति रु सय रुपैयाँका दरले जरिवाना तिराइएको थियो । कोरोना भाइरसको जोखिम कम गर्नका लागि जनचेतना जगाउने उद्देश्यका साथ मंगलबारदेखि यस अभियान सुरु गरिएको हो ।

सो अभियानका क्रममा १५० थान मास्क पनि वितरण गरिएको थियो । यो अभियान अरु केही दिन चल्ने न्यौपाने बताए । कोरोना महामारीका बेला मास्क नलगाउँदा जोखिम थप बढ्ने भन्दै उनले मास्क लगाउन र सुरक्षित बन्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!