२०८२ फाल्गुन २८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, असार २५ गते। नेपाली लेग स्पिनर सन्दीप लामिछाने ‘द हण्ड्रेड’ खेल्न बेलायत पुगेका छन् । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायतका लागि प्रस्थान गर्नुभएको सन्दीप अपरान्ह लण्डन पुगेका हुन् ।

नेपाल क्रिकेट संघका प्राबिधिक विश्लेषक समेत रहेका सन्दीपका ब्यवस्थापक रमन शिवाकोटीले आज अपरान्ह सन्दीप लण्डन पुगेको जानकारी दिए। इंग्ल्याण्ड क्रिकेट बोर्ड(ईसीबी)को आयोजनामा क्रिकेटको ‘द हण्ड्रेड’ स्वरुपको उद्घाटन खेल जुलाई २१ मा हुनेछ ।

सन्दीप लामिछाने ‘द हण्ड्रेड’मा ओभल इन्भिसिबलको प्रतिनिधित्व गर्ने छन् । ओभल इन्भिसिबल पहिलो खेलमा म्यान्चेष्टर ओरिजिनलको सामना गर्नेछ । सन्दीप आबद्ध ओभल इन्भिसिबलमा अलराउन्डर साम कर्रन, जैसन रोय, साम बिलिंग्स, एलेक्स ब्लैक, रोरी बनर्स, टम कर्रन, लौरी इभान्स, विल ज्याक्स, सुनिल नारैन, नाथन साटर र रीस टप्ले छन् ।

प्रतियोगितामा कुल आठ टोलि सहभागी हुनेछ । ओभल इन्भिसिबल, म्यान्चेष्टर ओरिजिनल, नर्थन सुपरचार्जेज, ट्रेन्ट रकेट्स, बिर्मिघंम फोनिक्स, लण्डन स्पिरिट, साउर्थन ब्रेभ र वेल्स फायर गरी आठ टोलिले द हण्ड्रेडमा स्पर्धा गर्नेछ ।

द हण्ड्रेडले जारी गरेको खेल तालिका बमोजिम जुलाइ २१ मा महिला टोलिको उद्घाटन खेल हुनेछ । पहिलो खेल ओभल इन्भिसिबल र म्यान्चेष्टर ओरिजिनलबीच ओभल क्रिकेट ग्राउन्डमा खेलाइनेछ । उक्त खेल महिला टोलिको हुनेछ । प्रतियोगिता सुरु भएको दोस्रो दिनमा ओभल इन्भिसिबल र म्यान्चेष्टर ओरिजिनलको पुरुष टोलि स्पर्धा गर्नेछ ।
द हण्ड्रेड क्रिकेट लिगको प्रत्येक खेल एक सय बलको हुनेछ । जसमा लिग चरणमा प्रत्येक टोलिले आठ खेल खेल्नेछ । प्रतियोगिता अबधि भरि कुल ३५ खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल अगष्ट २१ मा खेलाइनेछ ।

द हण्ड्रेडको पहिलो संस्करण सन् २०२० मै हुने भनिएपनि कोभिड १९ को कारणले स्थगित हुन पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!