२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर,०४ माघ : १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवाली कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार गृह मन्त्रालयको यही पौष २९ गतेको निर्णयानुसार साईबर ब्यूरो भोटाहिटी काठमान्डौबाट यस कार्यालयमा पदस्थापना हुनु भएका प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आजै कार्यभार सम्हाल्नु भएको हो ।

बिशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी राम्रो ज्ञान भएका वहाँले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गर्नु भएको छ । यसै गरी वहाँले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व निर्वाह गरिसक्नु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा हाजिर भए पश्चात वहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!