२०८० जेष्ठ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १९ कात्तिक । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा नेपाल आइपुगेका हुन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा ‘मानार्थ महारथी (दर्जा) सम्मान’ ग्रहण गर्न भारतीय स्थलसेनाध्यक्ष नरवणे बुधबार मध्याह्न काठमाडाैं आइपुगेका हुन् ।

उनी भारतीय वायु सेनाको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन् ।

कात्तिक १९ देखि २१ गतेसम्मका लागि तय गरिएको तीन दिवसीय भ्रमण टोलीमा स्थलसेनाध्यक्ष नरवणेसहित चार सदस्यीय टोली रहेकाे छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाका परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारीबाट कात्तिक २० गते बिहीबार दिउँसो स्थलसेनाध्यक्ष नरवणेलाई विशेष कार्यक्रमका बीच नेपाली सेनाको ‘मानार्थ महारथी सम्मान’ प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!